ताजा समाचार

सत्ताधारी दलको राहत रकममा कांग्रेसको चुनाैती, गर्यो यस्तो निर्णय

काठमाण्डौ । आँधिहुरी प्रभावितलाई राहतका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले एक दिनको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका छन ।

त्यस लगत्तै नेपाली कांग्रेसका सांसदले समेत दुई दिनको तलब बराबरको रकम पीडितलाई गिने घोषणा गरेपछि भने पीडामाथिको राजनीति भन्दै विरोध सुरु भएको छ ।

नेकपा सदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सबै सांसदको एक दिनको तलब राहत कोषमा जम्मा गरिने व्यवस्था मिलाउन उपनेता सुवास नेम्वाङलाई निर्देशन दिएका छन ।

संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा नेकपाका १ सय ७० जना सांसद रहेका छन् भने राष्ट्रियसभामा ३७ जना छन ।

सांसदको पारिश्रमिक र सेवा सर्तसम्बन्धि ऐन अनुसार संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदले मासिक ५५ हजार २ सय ३० रुपैयाँ तलब पाउँछन् । यस अनुसार एक जना सांसदले एक दिन बराबर १ हजार ८ सय ४० रुपैयाँ पाउँछन् ।

एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भनेपछि राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनमा प्रतिनिधित्व गर्ने २ सय ७ जना सांसदबाट तीन लाख ८० हजार ८ सय ८० जम्मा हुन्छ ।

यो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेर प्रभावितहरुको उद्धारमा लगाइने छ ।

त्यस्तै नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदले दुई दिनको तलब हावाहुरी प्रभावितलाई राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा नेकपाका ६३ जना सांसद रहेका छन् भने राष्ट्रियसभामा १३ जना छन ।

दुई दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भनेपछि राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनमा प्रतिनिधित्व गर्ने ७६ जना सांसदबाट दुई लाख ७९ हजार ६ सय ८० जम्मा हुन्छ ।

नेकपाका सांसदले एक दिनको तलब पीडितका लागि दिने घोषणा गरेपछि कांग्रेसले दुई दिनको दिने भन्दै गरेको घोषणालाई राजनीतिक विशलेषक तथा मधेस जानकारहरुले राजनीति गर्न खोजिएको आरोप लगाएका छन् ।

यद्यपी राहत स्वरुप दिने भनिएको रकमले पीडितको निम्ति प्रयोग हुन सकेमा यसलाई अन्यथा सोच्न नहुने कतिपयको टिप्पणी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org