ताजा समाचार

राहत बाड्न प्रचण्ड बारा-पर्सा जाँदै

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड हावाहुरी प्रभावित जिल्लामा जाने भएका छन् ।

हावाहुरीले प्रभावित जिल्ला बारा-पर्साको निरिक्षणमा प्रचण्ड आज मंगलबार जान लागेका हुन् । जनताको समस्या र त्यहाँको वस्तुगत स्थिति बुझ्न प्रचण्ड ११ बजे हवाइ यात्रामार्फत त्यसतर्फ जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका थिए । ओलीले अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीपछि शिर्ष तहका नेताहरु त्यसतर्फ जाने क्रम बढ्दो छ । वाइसिएल नेपालले समेत राहत प्रचण्डको हातबाट बाड्ने भएको छ । अहिले वाइसिएल बारा-पर्सामा राहतका लागि खटिएको छ । वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाको नेतृत्वमा टोलीले राहत संकलको काम समेत गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org