ताजा समाचार

चेक बाउन्स भएपछि ग्रेटर नेपाल संयोजक फणीन्द्र नेपाल पक्राउ

काठमाडौं । आफूलाई ग्रेटर नेपालको अभियन्ता बताउने फणीन्द्र नेपाल पक्राउ परेका छन् ।

घरबेटी नरेन्द्र न्याैपानेको उजुरीमा काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले मंगलबार दिउँसो उनलाई चाबहिलस्थित घरबाटै पक्राउ गरेको हो । नरेशकुमार न्यौपानेले लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएको विषयमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको परिसरका डीएसपी होविन्द्र बोगटीले जनाएका छन् ।

बोगटीका अनुसार उजुरी परेपछि अदालतबाट पक्राउ पूर्जी जारी गराएर उनलाई नियन्त्रणमा लिइएको हो । नेपालले भने उजुरी दिने न्यौपाने आफ्नो घरबेटी भएको बताउँदै आफूलाई फसाइएको दाबी गरेका छन् ।

नेपालको सिमाना मिचिएको भन्दै ग्रेटर नेपालको स्थापना गरेर सुगाैली सन्धि खारेजीको गर्दै नेपालको अतिक्रमित सिमाना फिर्ता ल्याउनुपर्ने माग राख्दै आएका नेपालले संचालन गरेको इडेन पब्लिक स्कुलले घरबहाल समयमै तिर्न नसकेको मात्रै नभएर घरबेटीसँग भएको सम्झाैता समेत लत्याएको भन्दै घरबेटी न्याैपानेला ार्वजनिक सुचना नै निकालेका थिए ।

काठमाडाैं महानगपालिका ०७, स्थित चाबहिलमा रोकिका नेपाल संचालक तथा फणीन्द्र नेपाल अध्यक्ष रहेको इडेन पब्लिक स्कुलले ०७२ साल साउन १ गते भएको सम्झाैता अनुसार घरबहाल तिर्न नसकेपछि घरबेटी नरेन्द्र कुमार न्याैपानले सार्वजनिक सुचना निकालेका थिए ।

घरबेटी न्याैपानेले घर खाली गराउन ३५ दिने सुचना निकाल्दा समेत नेपालले नटेरेको सार्वजनिक सुचना मार्फत जानकारी गराएका छन् । घरबेटी न्याैपानेले सुचना जारी भएको मितिले ३ दिन भित्र घर खआली गराउन समेत आग्रह गरेका छन् । घर खाली गराउन घरबेटी न्याैपानेले सोमबार अर्थात बैशाख ९ गतेसम्मको समयसिमा दिएका थिए ।

तर, नेपाललेव सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखका छन्, ‘मैले नरेशकुमार नेउपाने नामक घरधनीलाई घरघाडा वापत ६ लाख रुपैयाँको चेक दिएको थिएँ । चेकको भुक्तानी मितिमा ६ लाख रकम बुझी आज चेक ल्याउन बिर्सिएँ, भोलि चेक फिर्ता गर्छु भनेकोमा चेक बाउन्स गरेर मलाई फसाउने काम भयो ।’

फणीन्द्रले आफूले नेपाल बैंक लिमिटेडको ६ लाखको चेक २१ मंसिर ०७५ शुक्रबार भुक्तान गर्ने गरी दिएको उल्लेख गर्दै पैसा लिइसकेपछि पटकपटक चेक फिर्ता माग्दा पनि नदिएको दाबी गरेका छन् ।

घरबेटीले यसरी निकालेका तिए घरखाली गर्न सुचनाः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org