ताजा समाचार

आगामी आर्थिक वर्ष ‘बारीका पाटा र खेतका गरा, सबै हराभरा’-राष्ट्रपति

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा ‘बारीका पाटा र खेतका गरा, सबै हराभरा’ नारासहित खेतीयोग्य जमिन उच्चतम प्रयोग गर्ने घोषणा गरेको छ ।

सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सिचांई सुबिधा पुर्‍याउन थोपा सिंचाई समेत सञ्चालन गर्ने बताइन् । जग्गाको  वर्गिकरण गरी चक्लाबन्दीलाई प्रोत्साहन गर्ने र मदन भण्डारी राजमार्गको निर्माण कार्यक्रम समेत निरन्तरता दिने सरकारको योजना रहेको राष्ट्रपति भण्डारीले बताइन् ।

त्यस्तै आगामी आर्थिक वर्षलाई ‘वृक्षारोपण वर्ष’ रुपमा मनाउने र क्षेत्रअनुसारको फलफुल र अन्य वनस्पती रोप्ने वर्षका रुपमा बनाउने घोषणा गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org