ताजा समाचार

विप्लव नेतृत्वको विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष ढकाल कार्यक्रम स्थलबाटै पक्राउ

काठमाडाैं । विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी केन्द्रिय अध्यक्ष चिरञ्जिवी ढकाल पक्राउ परेका छन् ।

काठमाडाैंको अनामनगरस्थित युनियन हाउसमा ११ विद्यार्थीको संयुक्त कार्यक्रममा सहभागी भएका अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्ष ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

शिक्षा क्षेत्रका विकृति र देशमा बढिरहेको अनियमितताबारे ११ विद्यार्थी संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका ढकाललाई प्रहरीले घेराबन्दी गरेर पक्राउ गरेको हो ।

११ विद्यार्थी संगठनको संयुक्त कार्यक्रमको क्रममा प्रहरीले धरपकड गरेर अध्यक्ष ढकाललाई पक्राउ गरेर लगेको हो, गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा विद्यार्थी अध्यक्ष आलोक रायमाझीले बताए ।

कार्यक्रम स्थलबाटै प्रहरीले जबरजस्ती पक्राउ गरेर लगेको हो । विद्यार्थी संगठनका साथीहरुले प्रतिकार गर्न खोजेपनि प्रहरीले धरपकड गरेर लग्यो । रायमाझीले भने ।

ढकाल यसअघि समेत पक्राउ परेका थिए । तर, उनी ललितपुर बारका निर्वाचित सदस्य समेत भएकाले उनी रिहा भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org