ताजा समाचार

नेतृत्वले नै भएपनि अप्रेसन गरेर मेलम्चीको पानी ल्याइन्छः प्रचण्ड

काठमाडौं । मेलम्चीको पानी जस्तोसुकै अप्रेसन गरेर भएपनि काठमाडाैं ल्याइने भएको छ । मेलम्चीको पानी एकादेशको कथाजस्तै बन्न पुगेको भन्ने गुनासो बढिरहेका बेला नेकपा अध्यक्ष प्रचण्डले जनाएका हुन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्गठनको प्रथम केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

“मेलम्चीको खानेपानी चाँडै काठमाडौं ल्याउन कूनै ठुलो कुरा होइन । मेलम्चीको खानेपानी काठमाडौं ल्याउनका लागि कस्तो अप्रेसन गर्नुपर्छ, के के गर्नुपर्छ सरकारले गर्छ,” दाहालले भने, “समयमै खानेपानी ल्याउने भनेर लागेकै हो । तर त्यसमा विभिन्न खेलहरु हुन्छन्, तपाईंहरुले देखिहाल्नुभो ।”

याङ्ग्री र लार्के नदीबाट थप दैनिक ३४ करोड लिटर खानेपानी काठमाडौं ल्याउने थप काम चाँडै अगाडि बढाइने पनि दाहालले बताए । छलफल गरेर आएको छु ।” दहालले सिंगापुर सागरका बीचमा रहेर पनि खानेपानी मलेसियाबाट मगाइरहनु परेको भन्दै नेपाल जलस्रोतका हिसाबमा धेरै अगाडि रहेको बताए ।

यद्यपी नेपालसँग पानी भण्डारको प्रसस्त संभावना रहेको समेत प्रचण्डले दाबी गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org