प्रहरीले चलाएको गोली लागेर विप्लवका कार्यकर्ता घिमिरेको मृत्यु
काठमाडाैँ । भोजपुरको मैयुङ्गमा प्रहरीसँगैको भिडन्तको क्रममा गोली लागेर घाइते भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता तीर्थराज घिमिरेको उपचारका क्रममा ज्यान गएको छ।
मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रह्रीले उनीमाथि गोली चलाएको थियो। प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक काउलेमा विप्लव कार्यकर्ता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ३२ वर्षीय घिमिरेको आज (बुधबार) बिहान ३ बजे ज्यान गएको हो।
गस्तीमा रहेका प्रहरी र विप्लवका कार्यकर्ताबीच मंगलबार भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुङ्गमा मठभेड भएको थियो। मुठभेडमा प्रहरीको गोली लागि घिमिरे गम्भीर घाइते भएका थिए।
घिमिरे भोजपुरको षडानन्द नगरपालिका –२ कुदाककाउलेका स्थायी बासिन्दा हुन्। स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई मंगलबार धरान लगिएको थियो।
उनलाई समयमै अस्पताल पुर्याउन नसक्दा ज्यान गएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए। आज (बुधबार) बिहान ३ बजे उपचारको क्रममा उनको मृत्यु भएको हो।
१०–१५ जनाको समूहमा रहेका विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिन खोज्दा अरु भागेका र घिमिरेले प्रहरीमाथि हतियार प्रयोग गर्न खोजेकाले जवाफी कारवाही गर्नुपरेको प्रहरीको दाबी छ।
उनको साथबाट एक थान पिस्तोल, ५ राउन्ड गोली, बिस्फोटक पदार्थ र बन्दोबस्तीका सामग्री बरामद भएको प्रहरीले जनाएको छ।
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...