ताजा समाचार

इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

अरुण जेटली स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्यलाई २० रनले पराजित गरेको हो ।

दिल्लीले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्स २० ओभरमा ८ विकेट गुमाएर २०१ रनमा समेटियो ।

राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्वाधिक ८६ रनको योगदान दिए । यस्तै,   रियान प्रयागले २७, शुभम दुबेले २५, जोस बटलरले १९ र रोभमन पावेलले १३ रन जोड्दा ओपनर यशस्वी जैसवाल ४  र रविचन्द्रन आश्विन २ रनमै पवेलियन फर्किएका थिए ।

दिल्लीका लागि कुलदीप यादव, मुकेश कुमार र खलिल अहमदले समान २-२ विकेट  तथा अक्षर पटेल र रसिख सलामले १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ गुमाएर २ सय २१ रनको योगफल तयार पारेको थियो । दिल्लीका लागि अभिषेक पोरेलले सर्वाधिक  ६५ रनको योगदान दिए ।

यस्तै, जेक फ्रेजर मैकगर्कले ५० र ट्रिस्टन स्टब्सले ४१ रन जोडे । यसैगरी, गुलबदीन नाइबले १९, अक्षर पटेल र ऋषभ पन्तले समान १५-१५, रसिक सलामले ९ र कुलदीप यादवले ५ रनको योगदान दिए ।

राजस्थानका लागि रविचन्द्र आश्वनले ३ तथा युजवेन्द्र चाहल, ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान १-१ विकेट लिए ।

जितसँगै दिल्ली १२ खेलबाट १२ अंकका साथ लिगको पाँचौँ स्थानमा उक्लिएको छ । पराजित राजस्थानमा भने ११ खेलबाट १६ अंकका साथ दोस्रो स्थानमा यथावत छ । ११ खेलबाट १६ अंक नै रहेको कोलकाता नाइट राइडर्स भने नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org