उपराष्ट्रपति पुन साताव्यापी भ्रमणका लागि अस्ट्रिया प्रस्थान
6Shares
काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अस्ट्रियाको साताव्यापी भ्रमणका लागि आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।
उपराष्ट्रपति पुन अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान द बेलेनको निमन्त्रणामा भियनामा १४ जेठमा आयोजित जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुने उनका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।
कतार एयरवेजको विमानमार्फत उपराष्ट्रपति आइतबार बिहान ९:२० बजे दोहा हुँदै अस्ट्रिया प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी छन् ।
अस्ट्रिया भ्रमणका क्रममा उपराष्ट्रपति पुनले १४ जेठमा आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्नेछन् ।
भ्रमणका क्रममा अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान द बेलेनसँग शिष्टाचार भेट गर्ने प्रेस संयोजक मगरले बताए । उपराष्ट्रपति पुन १८ जेठमा स्वदेश फर्किने कार्यतालिका छ ।
Comments
अरु समाचार
-
कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
काठमाडौं । कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य...
-
सचिन परियारको निधनप्रति प्रधानमन्त्री द्वारा दुःख वक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत् श्रद्धाञ्जली व्यक्त...
-
आन्तरिक पर्यटकको रोजाइमा सिमसार क्षेत्र
काठमाडौं । लहानदेखि उत्तरतर्फ पर्ने चुरेक्षेत्र आसपासका सिमसार क्षेत्र वनभोज र घुम्नका लागि उपयुक्त गन्तव्य बन्न थालेका छन् । लहानबाट...
-
सेयर बजारमा सामान्य सुधार
काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । निकै उतार चढाबकाबिच बजारमा सामान्य सुधार आएको छ । ४.६३ अंकले...
-
गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
काठमाडौं । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा...
-
राज्य व्यवस्था समितिबाट भ्रष्टाचार निवारणसम्बन्धी विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ...
-
शेरा दरबारको जग्गाको दोषीलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले शेरा दरबारको जग्गाको दोषीलाई कारबाही हुने बताएका छन्। बिहीबार बसेको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री...
-
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको धक्कका महसु भएको...
-
पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन
काठमाडौं । पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको बिहीबार निधन भएको छ । २ फागुन १९८९ मा जन्मेकी शाहको...