ताजा समाचार

उपराष्ट्रपति पुन साताव्यापी भ्रमणका लागि अस्ट्रिया प्रस्थान

6Shares

काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अस्ट्रियाको साताव्यापी भ्रमणका लागि आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

उपराष्ट्रपति पुन अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान द बेलेनको निमन्त्रणामा भियनामा १४ जेठमा आयोजित जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुने उनका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।

कतार एयरवेजको विमानमार्फत उपराष्ट्रपति आइतबार बिहान ९:२० बजे दोहा हुँदै अस्ट्रिया प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी छन् ।

अस्ट्रिया भ्रमणका क्रममा उपराष्ट्रपति पुनले १४ जेठमा  आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्नेछन् ।

भ्रमणका क्रममा अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान द बेलेनसँग शिष्टाचार भेट गर्ने प्रेस संयोजक मगरले बताए । उपराष्ट्रपति पुन १८ जेठमा  स्वदेश फर्किने कार्यतालिका छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org