ताजा समाचार

विधेयक फिर्ता नभए सडक आन्दोलनमा जान्छौँ : प्रमुख सचेतक खाँण

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको प्रावधानलाई कुल्चिने गरी सरकारले ल्याएको कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिएका छन् ।

सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा संविधानको प्रतिकूल हुने गरी आएका विधेयक संसदबाट फिर्ता नभए सडक आन्दोलनमा जान बाध्य हुने उनले बताए । पार्टीको राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधानको रक्षा गर्न कांग्रेसलाई सडकमा जानुपर्ने बाध्यता प्रधानमन्त्री केपी ओली बनाएको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले संसद र जनप्रतिनिधिहरुको अपहेलना गरिरहेको उल्लेख गर्दै त्यसका विरुद्ध पार्टी दृढतापूर्वक खडा हुने उनले बताए ।

खाँणले दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री ओली विनम्र हुनु पर्नेमा संसद र जनप्रतिनिधिहरुप्रति अनुदार हुँदै गएकाले विरोध गर्नु परेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले बाईडबडी विमान खरिद प्रकरणमा आफ्ना मन्त्रीको संलग्नता नरहेको दावी गरेर भ्रष्टाचारलाई प्रश्रय दिएको प्रमुख सचेतक खाँणको आरोप छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org