गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
काठमाडौं । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा यस क्षेत्रको अहिले ध्वस्त हमास प्रहरी बलका प्रमुख पनि रहेका छन् ।
“दक्षिणी गाजा पट्टीको खान युनुस सहरको पश्चिममा रहेको अल–मवासी क्षेत्रमा विस्थापित मानिसहरूको निवासमा कब्जाकारी विमानले बम प्रहार गर्दा तीन बालबालिका र दुई महिलासहित ११ जनाको मृत्यु भएको छ र १५ जना घाइते भएका छन्”, गाजाको नागरिक सुरक्षा एजेन्सीले विज्ञप्तिमा भन्यो ।
मारिनेहरूमा प्रहरी प्रमुख महमुद सलाह र उनका सहायक हुसाम शाहवान रहेको एजेन्सीका प्रवक्ता महमुद बासलले जानकारी दिए ।
इजरायली सेनाले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले बुधबार हमासले इजरायलमा रकेट आक्रमण जारी राखेमा गाजामा आक्रमण तीव्र पार्ने धम्की दिएका थियो ।
हालैका दिनहरूमा गाजाबाट नवीकृत रकेट आक्रमणले इजरायलमा थोरै क्षति पुर्याएको छ र युद्धको सुरुआती चरणको तुलनामा धेरै कम सङ्ख्यामा रकेट प्रहार गरिएको छ तर यो करिब १५ महिनाको लडाइँपछि इजरायली सरकारका लागि राजनीतिक झट्का हो ।
काट्जले गाजामा अझै बन्धक बनाइएकाहरूको रिहाइको पनि माग गरे ।
Comments
अरु समाचार
-
घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु
काठमाडाैं । अस्ट्रेलियाको पर्थ सहरमा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । नेपालबाट पारिवारिक भ्रमणमा आएकी विष्णुमाया गुरुङको...
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा साढे ७ वर्षको जेल सजाय
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका...
-
कोइलाखानी विस्फोटमा दाजुभाइको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...











