ताजा समाचार

राजधानीमा बन्दको प्रभावः काठमाडाैँका सडकमा जे देखियो ।

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेेतृत्वको  प्रतिबन्धित नेकपाले सोमबार आह्वान गरेको बन्दले काठमाडौं उपत्यकामा आंशिक प्रभाव परेको छ । उपत्यकाबाहिरका जिल्लाहरुमा भने उपत्यकाको तुलनामा बढी प्रभाव देखिएको छ ।

आइतबार राजधानीमा श्रृंखलाबद्ध बम विस्फोटपछि सरकारले सुरक्षा व्यवस्था मजबुत पारेको हुँदा उपत्यकामा कम प्रभाव परेको हो । तर पनि अन्य दिनको तुलनामा आज सडकमा सवारी साधनको चाप कम छ भने चलेका सवारी साधनमा यात्रुको चाप बढी छ । सार्वजनिक गाडीहरु कम मात्रमा चलेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा सवारी आवागमन बिहानैदेखि प्रभावित भएको छ । बन्दको प्रभावले उपत्यकाका शैक्षिक संस्थाहरु ठप्प बनेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org