ताजा समाचार

अलबिदा धनिराम ! पार्थिव शरिरमा प्रचण्डले ओढाए पार्टीको झण्डा

चितवन । हृदयघातनबाट निधन भएका नेकपाका नेता तथा पूर्व शिक्षामन्त्री धनिराम (डिआर) पाडेलको पार्थिव शरिरमा प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका  छन् ।

विहान एक्कासी बेहोस भएर ढलेका पाैडेललाई अस्पताल लगिएपपनि डाक्टरहरुले मृत घोषणा गरिदिएका थिए ।

चितवनमा घर बनाइरहेकाले उनी केहि समयदेखि त्यतै बस्दै आएका थिए । पूर्व शिक्षामन्त्री समेत रहेका पाैडेलको अन्तिम संस्कारमा श्रद्धाञ्जली दिन नेकपा अध्यक्ष प्रचण्ड, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गाैतम, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ देव गुरुङ, शिक्षामन्त्री गिरिराजमणी पोखरेल लगायत अन्य नेताहरु उपस्थित भएका थिए ।

पाैडेलको अन्तिम संस्कारका जिल्ला स्थित नेताहरु र सर्वसाधारणको घुइचो लागेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org