ताजा समाचार

रसुवागढीको सुरुङमा थुनिएका सबै मजदुरको सकुशल उद्धार

काठमाडौं । निर्माणाधीन रसुवागढी जनविद्युत आयोजनाको सुरुङमा थुनिएका सबै मजदुरको सकुशल उद्धार गरिएको छ ।

शुक्रबार बिहान ७ बजे ११ नेपाली र ६ चिनियाँ महदुरको सकुशल उद्धार भएको हो । सुरुङ मार्गमा काम गर्दै गर्दा सुख्खा पहिरो गएपछि सुरुङमै फसेका १७ मजदुरको सकुशल उद्धार गरिएको रसुवा जिल्ला प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जनाएका छन् ।

सुरुङको एक सय मिटरभित्र काम गरिरहेको बेला थुनिएका उनीहरुलाई उद्धार गर्न रातिदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । उद्धार गरिएका सबै सुरक्षीत र सकुशल रहेको भण्डारीले जनाएका छन् ।

उक्त क्षेत्रमा सुख्खा पहिरो झरिरहेकाले जोखिम भने कायमै रहेको जनाइएको छ । सुरुङमा मजदुरहरु थुनिएको खबर पाएको १० मिनेटमै उद्धार तथा खोजका लागि तयारी थालेपनि उद्धार भने बिहान ७ बजे मात्रै भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org