ताजा समाचार

हलेसी दर्शन गरेर काठमाडौ फर्किदै गर्दा परिवार नै सखाप

सिन्धुली । खोटाङको हलेसी महादेवको दर्शन गरेर काठमाडौ फर्किदै गर्दा परिवार नै सखाप भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा एकै परिवारका दुईको मृत्यु भयो भने २ जना गम्भीर घाईते भए ।

दुर्घटनामा कार चलाएर हलेसी दर्शन गर्न गएका ५८ वर्षीय दीपक लामिछानेकी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र दिपकका दाजु ६० वर्षीय अच्चुत लामिछानेको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

यस्तै दुर्घटनामा कार चालक ५८ वर्षीय दीपक लामिछाने र मृतक अच्युतकी छोरी २६ वर्षीया आस्था लामिछाने घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

विपी राजमार्गअन्तर्गत खोटाङ हलेसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा१३च ३७९३ नंको कार गए राति आफैँ अनियन्त्रित भई सडकबाट २०० मिटर तल सुनकोशी नदी किनार नजिक खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org