ताजा समाचार

प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएपछि पुगे सेनाका तीन हेलिकप्टर

संखुवासभा । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच सिलिचोङ गाउँपालिका–१ होयङमामा सोमबार बिहान गोली हानाहान भएपछि सेनाका तीनवटा हेलिकोप्टर त्यसतर्फ पुगेका छन्।

काठमाडौंबाट पुगेका नेपाली सेनाको हेलिकोप्टरले गोली हानाहान भएको सिलिचोङको क्षेत्रमा हवाई गस्ती गरिहेका छ। तीनै हेलिकोप्टरबाट काठमाडौँबाट सशस्त्र र नेपाल प्रहरीका ५० जना भन्दा धेरै सिपाहीँ सिलिचोङमा उतारिएको छ।

सदरमुकाम खाँदबारी पुगेर सेनाको हेलिकोप्टरले सिलिचोङको बस्ती र मकालुवरुण जंगलको क्षेत्रमा गस्ती गरिरहेका हुन्। स्रोतका अनुसार सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लकाे नेतृत्वमा २५-२५ जनाकाे बेग्लाबेग्लै टाेली सेनाकाे एमआई १७ हेलिकाेप्टरबाट संखुवासभामा उतारिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org