ताजा समाचार

यति एयरको विमान धावनमार्गमा चिप्लियो, दुईजनाको अवस्था गम्भीर

काठमाडौं । त्रिभुवन विमानस्थलमा यति यअरलाइन्सको विमान चिप्लिएको छ ।

नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिए । विमानमा सवार ७० यात्रुमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा ‘डेल्टा’ नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट विमान चिप्लिएको हो ।

उनीहरुलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगलमा लगिएको छ भने उद्धार कार्य भइरहेकाले अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान अवतरणहरु बन्द रहेका छन् । भने, अहिले ४ वटा विमान आकासमै होल्ड गराइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org