ताजा समाचार

पूर्वउपसचिवको घरमा गोली हान्ने को ? छोरीको कोठामा भेटियो गोली

काठमाडाैं । पुर्वउपसचिव विष्णु प्रसाद शर्माको घरमा अज्ञात समूहले गोली चलाएपछि घरको झ्यालको सिसा फुटेको छ ।

शर्माकी १९ वर्षीया छोरी पढिरहेको बेला गोली चलेको आवाज आएपछि उनको कोठामा पुग्दा सोमबार राति करिब ९ बजे कलंकीमाई मन्दिरछेऊ नजिकैको घरमा गोलीजस्तो वस्तु भेटिएको छ । त्यसपछि प्रहरीलाई उनीहरुले खवर गरेर बोलाएका थिए ।

तर, प्रहरीको टोलीले अहिले सुक्ष्म रुपमा अध्ययन गरिरहेको जनाएको छ । त्यस आसपासका क्षेत्रमा रहेको लाइसेन्सवाला हतियारको बारेमा समेत अध्ययन सुरु भएको छ । यद्यपी गोली चलेको हो या होइन भन्नेबारे भने थप अनुसन्धानपछि मात्रै खुल्न सक्ने प्रहरीले जनाएको छ ।

काठमाडाैं प्रहरी परिसर टेकुका प्रमुख उत्तमराज सुवेदीका अनुसार पेस्तोल नभएर सानो २.२ एमएम हतियारको जस्तो गोली फेला परेको हो । प्रायः गरेर यस्तो गोली सिकारको बेला प्रयोग हुने गरेको पाइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org