ताजा समाचार

विप्लवको बन्दमा बम विस्फोट र आगजनी, कागजातसहित कम्प्युटर ध्वस्त

काठमाडाैं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले आज गरेको बन्दको आह्वानमा नुवाकोट तथा राैतहटमा बम विस्फोटका साथै आगजनी भएको छ ।

नुवाकोटको ककनी गाउँपालिका-०१ को वडा कार्यालयमा मंगलबार राति बम विस्फोट भएको छ । विस्फोटका कारण वडा कार्यालयका कागजात जलेर नष्ट भएका छन् ।

विस्फोटको जिम्मा भने कसैले लिएएको छैन् । तर, विप्लवले वन्बको आह्वान गरेकाले विस्फोट सोही पार्टीले गरेको अनुमान गरिएको छ ।

त्यसैगरी रौतहटको चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा आगजनी भएपछि कार्यालयमा रहेको कम्प्युटर, प्रिन्टर, फर्निचर लगायत अन्य सामान जलेर नष्ट भएका छन् । प्रहरीले यसबारे अनुसन्धान थालेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org