ताजा समाचार

पर्यटनमन्त्रीमा योगेश भट्टराईले लिए सपथ

काठमाडाैं । प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त मन्त्री भट्टराईले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

मन्त्री भट्टराईको शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतका संवैधानिक निकायका प्रमुख उपस्थित थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org