ताजा समाचार

उपनिर्वाचनमा विद्युतिय मेसिन प्रयोग नहुने

काठमाडाैं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने भएको छ । संविधानसभाका दुइटै उपनिर्वाचनमा मेसिन प्रयोग सफल भए पनि दलहरुले इच्छा नदेखाएपछि अहिले निर्वाच आयोगले मेसिनको तयारी नै गरेको छैन ।

आजको कान्तिपुर दैनिक लेख्छ, प्रतिनिधिसभाको १ प्रदेशसभा ३ र स्थानीय तहका प्रमुख/अध्यक्ष ४, उपाध्यक्ष १ र वडाअध्यक्ष ४१ गरी कुल ५० पदका लागि उपनिर्वाचन हुँदैछ ।

‘यसपटक मेसिन प्रयोगको सम्भावना छैन, त्यसको प्रक्रियामै लागिएन,’ आयोगका प्रवक्ता सहसचिव शंकरप्रसाद खरेलले भने,‘भक्तपुरदेखि हुम्लासम्म निर्वाचन गराउनुपर्नेछ । अबको तयारीले मेसिन प्रयोगका लागि समय पनि पुग्दैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org