ताजा समाचार

काश्मीरमा गोली चल्यो, ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु

काठमाडौं । कश्मीरमा गोली हानाहान हुँदा ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानी सेनाका प्रमुख मेजर जनरल आसिफ गफूरले बिहीबार साँझ ट्वीटरमार्फत यसको पुष्टि गरेका छन् ।

उनले लेखेका छन्, ‘कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान भएपछि कम्तीमा ३ पाकिस्तानी र ५ भारतीय सैनिक मारिए ।’

भारतीय सेनाले भने आफ्नो ५ जना सैनिक मारिएको कुरा अस्वीकार गरेको छ । भारतीय सेनाले प्रतिस्पर्धा गरेको सीमामा गोली हानाहान भएको स्थानलाई पाकिस्तानी सेनाका प्रमुख गफूरले नियन्त्रण रेखा (एलओसी) भनेर ट्वीटरमा पोस्ट गरेका थिए ।

आन्तरिक रूपमा गोली हानाहानको क्रम जारी रहेको पाकिस्तानी सेना प्रमुख गफूरले ट्वीटमा लेखेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org