ताजा समाचार

शालिकराम आत्महत्या दुरुत्साहण प्रकरणः युवराज कडेँलको बयान सुरु

काठमाडाैं । पत्रकार शलिकराम पुडासैनी आत्महत्या दुरुत्साहन अभियोगमा युवराज कडेँलको बयान सुरु भएको छ ।

जिल्ला अदालत चितवनमा अहिले कडेँलको बयान सुरु भएको हो । सरकारी वकिल कार्यालयले जिल्ला अदालत चितवनमा पाँच वर्ष कैद सजाय र ५० हजा जरिवानाको माग दाबी गर्दै दायर गरेको मुद्धाबारे आज जिल्ला अदालत चितवनमा बयान सुरु भएको हो ।

रुकु कार्की (अस्मिता)को बयान हिजो नै सकिएपनि समय अभावका कारण रवि लामिछाने र युवराज कडेँलको बयान भने भएको थिएन् ।

कडेँलको बयान सकिए लगत्तै रवि लामिछानेको बयान सुरु हुनेछ । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । अदालतले थुनछेक बहसपछि साधारण तारेखमा रिहा, धराैटीमा रिहा वा पुर्पक्षका लागि थुनामा राख्ने भन्नेबारे फैसला गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org