ताजा समाचार

दोलखामा खोलाले कार बगाउदा १ जनाको मृत्यु दुईजना घाइते

दोलखा । सिंगटीबाट चरिकोटतर्फ जाँदै गरेको कार खोलाले बगाउदा १ जनाको मृत्यु भएको छ ।

दोलखामा गएराती खोलाले बा १९ च ४३९० नम्बरको कार बगाउदा १ जनाको मृत्यु भएको हो भने २ जना घाइते भएका छन् ।

गएराति ११ः३० बजे कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको हो ।

सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र लिखु तामाकोशी गाउँपालिका–२, रामेछापका कार चालक पवन पौडेल पनि कारसँगै बगेका थिए । उनीहरूलाई भने राति नै प्रहरीले उद्धार गरेको छ । विकज नेकपा दाेलखा जिल्ला अध्यक्ष तथा तामाकाेसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलका कान्छा छोरा हुन् ।

जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार सामान्य घाइते उनीहरूलाई अहिले थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

अविरल वर्षासँगै एक्कासि बढेको खोलाले कार बगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org