ताजा समाचार

बिरामी बोकेको जीप अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना वेपत्ता

विराटनगर । संखुवासभाबाट धरानतर्फ बिरामी बोकेेर आउँदै गरेको जीप अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना वेपत्ता भएका छन् ।

संखुवासभाको सदरमुकाम खादवारीबाट बिरामी बोकेर दरान आउदै गरेको को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन् ।

जीप संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ वर्षीय बिरामी छोरा लिएर आउँदै धरानतर्फ आउँदै थियो । नदीको बहाव धेरै ठूलो भएकाले खोजी कार्य समेरत कठिन भएको प्रहरीले जनाएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय, इटहरीका ट्राफिक प्रहरी निरीक्षक राजेश राईका अनुसार जीपमा सवार संगम राई, उनकी श्रीमती र ३ वर्षीय छोरा बेपत्ता भएका छन् । चालक सन्तोष विकसहित अन्य २ जना बेपत्ता भए पनि उनीहरूको भने परिचय खुल्न नसकेको राईले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org