ताजा समाचार

सेनालाई साधनसम्पन्न र प्रविधि मैत्री बनाउनुपर्ने

काठमाडाैं । नेपाली सेनालाई साधनसम्पन्न र प्रविधिमैत्री बनाउनाले विपद् व्यवस्थापनमा सहज हुने आज यहाँ आयोजित अन्तरक्रियामा सहभागीले सुझाव दिएका छन् । नेपाली सेना–स्थानीय पत्रकार, नागरिक समाज, प्रबुद्ध व्यक्तिहरुसँगको अन्तरक्रियामा सहभागीले सैनिक विद्यालय हिमाल, तराई र पहाडी क्षेत्रमा विस्तार गरी सैनिकसँगको ग्रामीण क्षेत्रका जनतासम्म पहुँच पु¥याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

पूर्वी पृतनापति अनन्त कार्कीले सेनाले पारदर्शी र आर्थिक सुशासनका रुपमा कार्य गरिरहेको जानकारी दिँदै कानूनले दिएको अधिकारअनुसार आपत्कालिक स्वास्थ्य सेवा, सर्पदंश सेवाको पहुँच विस्तार गरिने बताए । उनले नेपाल सरकारको सन् २०२० पर्यटन वर्ष, प्रदेश सरकारको ‘एक घर एक फलफूल’का बिरुवा कार्यक्रममा सेनाले समन्वय गरी कार्य गरिरहेको धारणा व्यक्त गरे।

महासेनानी ईश्वरकुमार श्रेष्ठले नागरिक समाजसँग प्रगाढ सम्बन्ध स्थापना गर्न तथा सेनामा भएका कमीकमजोरी, गुनासालाई सम्बोधन आगामी दिनमा यस्ता कार्यक्रम थप विस्तार गर्ने बताउनुभयो । सूर्यदल गणका गणपति प्रमुख सेनानी रघु पौडेल यस क्षेत्रमा विपद् व्यवस्थापनका लगायत छात्रालाई आत्मरक्षाको तालीम प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

प्रदेश नं २ मा बारा र पर्सामा चैतमा आएको हावाहुरीमा स्थानीय जनतालाई सेनाबाट उद्धारमा गरिएको वित्तचित्र र मैथली भाषाको ‘अप्पन प्रस्तुत’ लघुचित्र प्रदर्शन गरिएको थियो । पृतनापति कार्कीले सेनासम्बन्धी रेडियो कार्यक्रम प्रसारण गरेकामा विराटनगरका कोशी र नागरिक एफएमलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सेनाले यसअघि प्रदेश नं २ का पाँच जिल्ला यस्ता कार्यक्रम गरिसकेको छ भने प्रदेश नं १ पहिलो पटक कार्यक्रमको आयोजना गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org