ताजा समाचार

दसैं-तिहारका उपलक्ष्यमा सहुलियत ऋण बाँड्दै नेपाल प्रहरी

काठमाडाैँ । दसैं-तिहारका उपलक्ष्यमा आफ्ना कर्मचारीहरूलाई कल्यान कोषबाट कारदेखि माइक्रो ओभनसम्म खरिद गर्न सहुलियत ऋण उपलब्ध गराउने भएको छ।

नेपाल प्रहरी कल्याण कोषको साउन २९ को निर्णयअनुसार किस्ताबन्दीमा सिनियर अधिकृत, जुनियर अधिकृत र सकल दर्जाका लागि अधिकतम ६ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको हो। कोषले सिनियर अधिकृतका लागि कार खरिद गर्न १५ लाख रुपैयाँ ६ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जनाएको छ।

याे ऋण १ सय २० किस्तामा १० वर्ष भित्र भुक्तान गर्नुपर्ने छ। यस्तै मोटरसाइकल खरिद गर्न २ लाख रुपैयाँ ४८ किस्तामा ४ वर्षभित्र भुक्तान गर्नुपर्ने छ। कोषले ट्रेड मिल, ल्यापटप, एलईडी टिभी र माइक्रो ओभन खरिदका लागि ऋण उपलब्ध गराउने जनाएको छ।

प्रहरी कल्याण कोषका लागि यो योजना आइतबारदेखि लागू हुने जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org