ताजा समाचार

जितिया पर्वमा व्रत बसेकी एक बृद्धको मृत्यु !

महोत्तरी । जितिया पर्वको उपवास (व्रत)बसेकी एक वृद्धाको मृत्यु भएको छ ।

महोत्तरीको एकडारा गाउँपालिका-०६, बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी ७१ वर्षीय मिथिला देवी पाण्डेको मृत्यु भएको हो ।

यस वर्षको जितिया पर्व लामो अवधिको भएको र लामो समयसम्म पानीसमेत नखाइ व्रत बसेकाले उनको मृत्यु भएको स्थानीय बताउँछन् । जितिया पर्वको समापनअघि कुनै खानेकुरा वा पानी खाएमा व्रत भङ्ग हुने मान्यता छ ।

यस वर्षको जितिया पर्व शनिबार बिहान ४ बजेदेखि उपवास बसेर आइतबार बेलुका ३ बजे (पारन) अन्न जल खाने कार्यक्रम थियो । मिथिलेश देवी शनिबार बिहान ४ बजेदेखि नै जितिया पर्वको उपवास बसेकी थिइन् । उनलाई खानेकुरा वा पानी खानभन्दा पनि मानेकी थिइनन् ।

तराईमा जितिया पर्वलाई निक्कै कठोर पर्वको रुपमा लिने गरिन्छ । जितिया पर्व बसेकै बेला महिलाको मृत्यु भएको महोत्तरीमा यो पहिलो घटना रहेको सर्वसाधारण बताउँछन् ।

मृतक वृद्धाको दुई छोरा रहेकोमा एक जना छोरा रोजगारीको क्रममा भैरहवामा र अर्को भारतको राजधानी नयाँदिल्ली बस्दै आएका छन् । आइतबार उनीहरु घर आउन नसकेको र आज उनीहरु आउनासाथ अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org