ताजा समाचार

बाहिरी चक्रपथ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडाैँ । काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ परियोजना निर्माणको जिम्मा ‘चिनियाँ कम्युनिकेशन पूर्वाधार कम्पनी’ ले पाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको लगानी बोर्डको ४०औँ बैठकले काठमाडौं बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको हो। बैठकले प्रस्ताव पेश गरी संक्षिप्त सूचीकरण गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी बताए।

धेरै कम्पनीका निवेदनमध्ये मापदण्ड र मूल्याङ्कनका आधारमा उक्त कम्पनीलाई जिम्मेवारी दिइएको उनले बताए। बैठकमा हाल निर्माण भइरहेका ठूला परियोजनालाई तदारुकताका साथ अगाडि बढाउनेबारे छलफल भएको उनले जानकारी दिए ।

बैठकमा आर्थिक समृद्बिका लागि ठूला परियोजनाहरुलाई शीघ्र अगाडि बढाउनुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन्। त्यसैगरी सम्बन्धित निकायहरुले समन्वयमा जोड दिनु पर्ने उनले औल्याएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org