ताजा समाचार

नेपाल विशेषतायुक्त भूराजनीतिक क्षेत्र भएकै कारण बीरआरआई प्रोजेक्ट लिएर आएका हाैँः सोङ ताओ

काठमाडाैँ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले नेपाल विशेषतायुक्त भूराजनीतिक क्षेत्र भएका कारण आफूहरु बीरआरआई प्रोजेक्ट लिएर आएको बताएका छन् ।

आज (सोमबार) काठमाडौँको होटल याक एन्ड यतीमा सुरु भएको दुवै देशका कम्युनिस्ट पार्टीको ‘विचारधारात्मक छलफल कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै विदेश विभाग प्रमुख ताओले नेपाल विशेषतायुक्त भूराजनीतिक क्षेत्र भएका कारण आफूहरु बीरआरआई प्रोजेक्ट लिएर आएको बताए ।

‘केही वर्ष यता नेकपाले पनि जबज र २१ औँ शताब्दी को जनवाद भनेको छ, यो शान्तिपूर्ण रुपान्तरणको बाटो नै हो’, सोङले भने, ‘सी विचारले पनि शान्तिपूर्ण विकास गर्दै जनतालाई अगाडि बढाउछ ।’

उनले आफूहरु नेपालका कम्युनिस्टसँग वैचारिक छलफल गर्न हिमाल पार गरेर आएको बताए ।

विदेश विभाग प्रमुख सोङले दुवै देशका सत्तारुढ कम्युनिस्ट पार्टीहरु मिलेर जनताको विश्वास जितेर अगाडि जान सक्नुपर्ने बताए । नेकपाले पनि जनताको विकासलाई अगाडि बढाउँदै गरेको बताउँदै उनले चीन नेपाललाई सहयोग गर्न तयार रहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org