अलैँची जोनमा प्रतिफलविहीन कार्यक्रमलाई प्राथमिकता
फिदिम । अलैँचीको उत्पादन र गुणस्तरमा निरन्तर ह्रास आइरहेका बेला पाँचथरको फालेलुङ गाउँपालिकामा सञ्चालित अलैँची जोन कार्यक्रममा प्रतिफलविहीन कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित यस कार्यक्रममा धेरै वटा तालीम, गोष्ठी, कार्यशाला र प्रकाशन–प्रसारणका कार्यक्रम राखिएका छन् । यस्तै अनुदानका कार्यक्रमलाईसमेत प्राथमिकतामा राखिएको छ । तर अलैँची उत्पादन ह्रासको क्रमलाई न्यून गर्ने, गुणस्तर सुधार गर्ने तथा उचित मूल्य पाउन नसकेको अलैँचीको स्थानीय बजार खोज्ने कार्यक्रमले उचित स्थान नपाएको सरोकारवालाले गुनासो गरेका छन् ।
परियोजना कार्यान्वयन एकाई पाँचथरले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७६-७७ को कार्यक्रमअनुसार उद्यमशीलता तथा क्षमता अभिवृद्धि तालीम, जिल्लास्तरीय तालीम, बजार प्रवद्र्धनसम्बन्धी गोष्ठी, योजना निर्माण गोष्ठी, सार्वजनिक सुनुवाइ, रेडियो कार्यक्रम, प्रचार सामग्री प्रकाशन, भिडियो डकुमेन्ट्री निर्माण, अवलोकन भ्रमण, मेला महोत्सव आयोजना, सञ्चालक समिति सञ्चालन, उन्नत प्रविधि प्रदर्शन तथा तालीम सञ्चालन गर्ने कार्यक्रम उल्लेख छ ।
यस अतिरिक्त भकारो सुधार गर्ने, लक्षित बालीको बजारीकरणमा एक संस्थालाई अनुदान दिने, ५० प्रतिशत अनुदानमा अलैँचीका बिरुवा वितरण गर्ने, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान दिने, मेसिनरी औजार उपकरणमा अनुदान दिने, अलैँची प्रशोधन उद्योग सञ्चालन गर्ने, साना सिँचाइ निर्माण र मर्मत गर्ने तथा सुधारिएको अलैँची भट्टी निर्माणमा सहयोग गर्ने कार्यक्रमलाई चालू वर्षमा ठूलो बजेट छुट्ट्याइएको छ ।
किसान समूह महासङ्घ पाँचथरका अध्यक्ष गणेश पोखरेल परियोजनाका अधिकांश कार्यक्रम तालीम, गोष्ठी मात्रै हुनुले प्रतिफल प्राप्त हुन कठिन हुने बताउछन् । “यहाँको मुख्य नगदेबाली भएका कारण अलैँचीको उत्पादन वृद्धि र उचित मूल्य प्राप्तिका लागि प्रभावकारी कार्यक्रम निर्माण आवश्यक थियो”, पोखरेलले भने, “आवधिक योजनासहितका कार्यक्रम तय भएनन् । यी कार्यक्रमबाट प्रतिफल प्राप्त गर्न सकिँदैन् ।” परियोजना र स्थानीय तहबीच उचित समन्वय नभएको गुनासो सुनिने गरेको पोखरेलको भनाइ छ । फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले अलैँची जोन कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहसँग समन्वय नगरिएको, प्रभावकारी हुने कुनै पनि कार्यक्रम समावेश नगरिएको बताए ।
“अलैँची जोनको कार्यक्रम निर्माण र कार्यान्वयनमा हामीसँग समन्वय हुनुपर्ने हो । जोन कार्यक्रम र स्थानीय तहको सहकार्यले मात्रै कार्यक्रम प्रभावकारी हुनसक्दछ”, अध्यक्ष केरुङले भने, “समन्वय र सहकार्यको अभावले कार्यक्रम प्रभावकारी हुनसकेन ।” कार्यक्रम प्रभावकारी नहुँदा अलैँचीको गुणस्तर सुधार हुन नसकेको, अपेक्षाकृत अलैँची उत्पादनमा वृद्धि नभएको गाउँपालिका अध्यक्ष केरुङले बताए ।
अलैँचीको उत्पादन वृद्धि र गुणस्तर सुधारमा सरकारले वर्षेनी करोडौँ रुपैयाँ बजेट छुट्ट्याए पनि स्थानीयवासीले उचित लाभ प्राप्त गर्न नसक्नु दुःखद् अवस्था रहेको केरुङको गुनासो छ । अध्यक्ष केरुङले स्थानीयवासीले उक्त कार्यक्रममा अनियमितता भएको गुनासोसमेत गर्ने गरेको बताए ।
फालेलुङ गाउँपालिकाका आठवटै वडामा सञ्चालित कार्यक्रमको चालू आर्थिक वर्षको बजेट रु दुई करोड २७ लाख ६९ हजार छ । १६ हजार ५८३ हेक्टरमा सञ्चालित कार्यक्रममा यहाँका ८८ कृषक समूह र पाँचवटा कृषि सहकारी आबद्ध छन् । कार्यक्रमबाट हालसम्म एक हजार ३८५ परिवार किसान लाभान्वित भएको परियोजना कार्यान्वयन एकाइको तथ्याङ्क छ ।
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्पीय धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै
काठमाडौं । बहुप्रतिक्षीत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा...
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही प्रदेशमा ठूलो वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ। मनसुनको...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
खिलेन्द्र पौडेललाई आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरियो
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन्। आइएमई लिमिटेड र जीएमइको मर्जरपछि बिदा भएका...