ताजा समाचार

“भोकमरी र गरिबी बिरुद्ध”को युवा पुरस्कारबाट नेपाली चेली सम्झना सम्मानित

काठमाडाैँ । नेपाली चेली सम्झना खनालले “भोकमरी र गरिबी बिरुद्ध”को युवा पुरस्कार जित्न सफल भएकी छिन।

नेपाली चेली खनालले  “भोकमरी र गरिबी बिरुद्ध” युवा पुरस्कार जित्न सफल भएकी छिन ।  पुरस्कारको राशी पच्चीस हजार अमेरिकी डलर रहेको छ ।

यो पुरस्कार १८ देखि २९ वर्ष भित्रका युवा प्रतिस्पर्धी मध्धे एक जनालाई दिने गरिन्छ । यो वर्ष यो पुरस्कारको लागि संसार भरि बाट ६ हजार पाँच सय भन्दा बढि प्रतिस्पर्धी ले भाग लिएका थिए ।

बिजेता सम्झनाको “भोकमरी – एक इतिहास ” भिजन, जसले संसारलाइ सन् २०५० भित्र कसरी भोकमरी रहित बनाउन सकिन्छ भन्ने बिषय को परिकल्पना गर्दछ, त्यहि सोचको लागि उनलाई यो पुरस्कार प्रदान गरिएको हो ।

संयुक्त राष्ट्र बिकस कार्यक्रमका प्रतिनिधी निर्णायक मण्डलमा रहेको अवार्ड जुरीले चार चरणमा पुरस्कारको बिजेता घोषणा गरेको हो । जुन देशमा जे सम्भब छ, त्यसैको बृहत्तर उत्पादन गर्ने , महिलालाई बजार र उत्पादन संग प्रत्यक्ष जोड्ने, समुहमा आधारित माइक्रो फाइनान्स संजाल लाइ ग्रामिण भेगमा विस्तार गर्ने, गाउँको उत्पादन – सहरको बजार , दिगो विकास लक्ष्य भेट्टाउन गरिब मुलुक को जनताको जिबनमा बिज्ञानको प्रयोग र बिकास कसरी गर्ने भन्ने जस्ता अरु थुप्रै भीजन भएको सोचपत्र, र अहिले सम्म उनले कृषि क्षेत्र र महिला सशक्तिकरणमा गरेको नेतृत्वलाई सम्मान गर्दै यो पुरस्कार प्रदान गरिएको बिजेता सम्झना बताउछिन ।

सम्झना बिगत चार वर्ष देखि यिनै सोचमा आधारित भएर अनुसन्धान र प्रसार मा लागिपरेकी छिन् । उनि हाल नेदरल्याण्ड सरकारको छात्रवृद्धि अन्तर्गत ” बागेनिगन बिश्वबिध्यालय ” मा कृषिमा स्नातकोत्तर गर्दैछिन यो भन्दा पहिले उनले Youth innovators award Asia 2018 पनि जितिसकेकी छिन् । उनी यो भन्दा पहिले अनेरास्ववियू क्रान्तिकारी त्रिभुवन बिश्वबिद्धालय समिती सचिब समेत रहेर काम गरि सकेकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org