ताजा समाचार

सिटिजन्स बैंकको संचालक समितिमा युवा उद्यमी पाण्डे

काठमाडाैँ । युवा उद्यमी प्रवलजंग पाण्डे सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालकमा चुनिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी समिति सदस्‍यसमेत रहेका पाण्डेलाई बैंकको शुक्रबार सम्‍पन्‍न साधरणसभाले बोर्ड संचालकको रुपमा चुनेको हो। यसअघि इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी (आइएलएफसी) मा पनि सञ्चालक भइसकेका उनी बैंक संचालकका पनि पहिलो पटक प्रवेश गरेका हुन्।

सिमेन्ट, औषधिलगायतका क्षेत्रमा रहेका उनको बैकिङ र विमा क्षेत्रमा पनि लगानी रहेको छ। लोमस ग्रुपका कार्यकारी निर्देशकसमेत रहेका पाण्डेको कार्यकाल चार वर्षको रहनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org