ताजा समाचार

BREAKING: आफ्नो बुवाजस्तो मान्छेलाई त्यस्तो सोच्न समेत सक्दिनः रोशनी शाही

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएकी रोशनी शाहीले सभामुख महराबाट कुनै दुर्व्यवहार नभएको वताएकी छन् ।

जरवजस्ती करणीको आरोप लगाएकी शाहीले महरा आफ्नो बुवाजस्तो मान्छे भएकाले त्यस्तो सोच्न समेत नसकिने स्थिति रहेको जनाएकी हुन् । शाहीले भनिन्, म डिप्रेशनको औषधी सेवन गरिरहेकी छु । मलाई सानो कुराले छिट्टै तनावमा लैजाने गरेको छ । कर्मचारी समायोजनको क्रममा मैले चाहेको ठाँउमा नपर्दा रिसले गलत आरोप लगाएको उनले जनाएकी हुन् ।

महराले फोन गरेको तर, कर्मचारी समायोजनबारे सम्झाउनलाई फोन गरेको तर, अन्यथा नभएको उनले जनाएकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org