ताजा समाचार

सरकारले जनविश्वास फर्काउन महरालाई कारबाही गर्नु पर्छः प्रकाशमान सिंह

सभामुखको व्यक्तित्व देखाउन महरा चुक्नु भो

काठमाडौं । निर्मला पन्त प्रकरण सरकारले गुमाएको जनविश्वास फर्काउन महरालाई कारबाही गरेर देखाउन नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुझाव दिएका छन् ।

निर्मला प्रकरणमा सरकार र प्रहरी प्रशासनले गुमाएको जनविश्वास आर्जन गर्ने समय आएको भन्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंले महरालाई कारबाही गर्नुपर्ने जनाएका हुन् । देशमा कानुनी राज्य छ भन्ने कुरा प्रमाणित गरेर देखाउने अवसर सरकारलाई आएको भन्दै उनले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई प्रभावमा नपारेर स्वतन्त्र र निष्पक्ष छानविन अनुसन्धानमा सघान समेत सुझाव दिएका छन् ।

काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले अनुसन्धानमा दोषी देखिएमा ढाकछेप गर्न नहुने भन्दै सरकारले जनविश्वास आर्जन गर्ने बेला आएको जिकिर गरेका हुन् ।

कानुन सबैका लागि समान भएको बताउँदै उनले अनुसन्धानमा संलग्न प्रहरीहरुलाई दबाव र प्रभावमा नपरी चनाखो भएर काम गर्न सुझाव दिए । अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने उनको भनाइ थियो ।

आक्रोसित मुद्रामा नेता सिंहले भने, ‘सभामुखको व्यक्तित्व प्रस्तुत गर्न उहाँ चुकिसक्नु भएको छ । नेकपाको नेता भएपछि जे मन लाग्यो त्यही गर्न पाउने ? महिलालाई दुर्व्यवहार गर्ने ? ढाकछोप गरेर कानुनभन्दा माथि नेकपाका नेता–कार्यकर्ता हुने ? यो हुनै सक्दैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org