ताजा समाचार

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको परिक्षण उडानका लागि एयर चाइनाको विमान काठमाडाैंमा !

केहिबेर विमानस्थल बन्द !

काठमाडाैं । चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको तयारीका लागि चिनियाँ जहाज काठमाडाैं ओर्लिएको छ ।

बुधबार अपराह्न पाैने २ बजे चिनियाँ जहाज एयर चाइनाको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

राष्ट्रिपति सीको नेपाल भ्रमणको पूर्व तयारी स्वरुप एयर चाइनाको बोइङ परिक्षण उडानका निम्ति आएको जनाइएको छ ।
भिभिआइपी डेमोस्ट्रेसन फ्लाइट भएकाले केहि समय व्यवसायीक उडानहरु रोकिएका भएका थिए ।

केहीबेर रोकिएका अन्य आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान फेरि सुचारू भएका छन् । भने, चिनिया विमानमा आएका चिनयाँ अधिकारिहरुले विमानस्थलको सुरक्षा व्यवस्था विमानस्थल प्रशान र सुरक्षा अधिकारीसँग छलपल समेत गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org