ताजा समाचार

सिन्धुपाल्चोकमा बस दुर्घटना, ५ जनाको मृत्यु ४० भन्दा बढी घाइते

सिन्धुपाल्चोक । जिल्लाको इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा बस दुर्घटना हुँदा ५ जनाको मरत्यु भएको छ । ४० बढी घाइते भएका छन् ।

सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडाैंतर्फ आउँदै गरेको बा२ख२७१५ नम्बरको बस दुर्घटना हुँदा ४ पुरुष र १ महिलाको मृत्यु भएको हो । तर, उनीहरुको सनाखत भने हुन सकेको छैन् ।

बसमा सवार झण्डै ५० यात्रु रहेको अनुमान प्रहरीले लगाएको छ । घाइतेहरुलाई अहिले उपचारका लागि विभिन्न अस्पताल पठाउने काम भइरहेको छ ।

दशैं मनाएर काठमाडाैं फर्कदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन् । तसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org