ताजा समाचार

नेपाल-चीनबीच १८ बुँदे समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैं । नेपाल र चीनबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएसँगै उच्चस्तरिय वार्ता सम्पन्न भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विभिन्न १८ समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८  समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।

सम्झौताअघि नेपाली र चिनियाा अधिकारीहरुबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तापछि शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विषयमा सम्झौता भएको छ ।

काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ ।

हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गरे । प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा  राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीबीच १५ मिनेट एक्लाएक्लै भेटवार्ता सुरु भएको छ । त्यसपछि राष्ट्रपति सी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालतर्फ प्रस्थान गर्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org