ताजा समाचार

उपनिर्वाचनका लागि कार्तिक १० भित्रै उम्मेदवार टुंगो लगाउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उचनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले उपनिर्वाचनको उम्मेदवारको विषयमा अन्तिम निर्णय लिने भएको हो । बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानिय तहका निर्वाचनमा उम्मेदवारको आउदो कार्तिक १० गते भित्र टुंगो लगाइसक्नेगरि निर्देशन दिने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए ।

त्यसैगरी उपमहानगर, नगर र गाउँपालिकाको मेयर, उपमेयर, अध्यक्ष वा उपाध्यक्षको उम्मेदवार चयन सम्बन्धी निर्णय प्रदेश कमिटीले गर्ने र वडाका उम्मेदवारको चयन सम्बन्धी निर्णय जिल्ला कमिटिले गर्ने त्यसका लागि कात्तिक १० भित्र ३ जनाको नाम सिफारिस गर्नुपर्ने निर्यण भएको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रतिनधिसभा र प्रदेश सभाका उम्मेदबार सिफारिसका लागि सम्बन्धित निर्वाचन क्षेत्र कमिटी र जिल्ला कमिटीसँगको परामर्शका आधारमा प्रदेश कमिटिले सिफारिस गरेर पठाउनुपर्ने निर्णय भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org