ताजा समाचार

उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल छिमेकी चीनको उहानमा हुने सातौँ विश्व सैन्य खेलकूद प्रतियोगिता र बेइजिङमा हुने ‘बेइजिङ स्याङ्ग्सन फोरम’मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेना रथी शरद गिरी लगायतले बिदाइ गर्नुभएको उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ ।

शुक्रबार उद्घाटन हुने प्रतियोगितामा भाग लिन बुधबार राति नेपाली खेलाडी त्यहाँ पुगिसकेका छन् । प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ ।
स्याङ्ग्सन फोरम यही अक्टोबटर २० देखि २२ सम्म चल्नेछ । उपप्रधानमन्त्री पोखरेल आगामी कात्तिक ६ गते स्वदेश फर्कने छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org