ताजा समाचार

नेपाली युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक साढे ६ वर्षपछि पक्राउ

वीरगन्ज ।  हेटौंडाकी विन्दवासिनीकी युवतीमाथि साढे ६ वर्षअघि एसिड प्रहार गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र बाराबाट खटिएको प्रहरीको संयुक्त टोलीले गएराति करिव ९ बजे उनलाई जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका दपक केशरीलाई शुक्रवार दिउँसो  पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ।

२०७० बैशाख ९ गते आफ्नै पसलमा बसिरहेको अवस्थामा विन्दवासिनीलाई एसिड प्रहार गरेका केशरी लुकीछिपी नेपाल र भारतमा बस्दै अएका थिए । ईलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायब निरीक्षक सागरप्रताप राणाको टोलीको सहयोगमा मकवानपुर प्रहरीले उनलाई नियन्त्रणमा हो ।

भारतको महाराजगन्जस्थित अपुर्बन ६ बस्ने राज भनिने दिपक केशरी हेटौंडामा बस्दै अएका थिए । विवाहको प्रस्ताव अस्विकार गर्दा हेटौंडा–३ का मधुसुदन कंशकारकी छोरी विन्दावासिनीलाई उनले एसिड प्रहार गरेका थिए ।

कक्षा १२ मा अध्ययनरत १९ वर्षीय विन्दवासिनी एसिड आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् । उनको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदा ६० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको परिवारले बताएको छ। उनको हालसम्म पनि उपचार भइरहेको छ ।

आक्रमणबाट विन्दवासिनीको अनुहार, छाती र शरीरका अन्य अंगहरु जलेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org