ताजा समाचार

नेकपा नेता झक्कुलाई भेट्न प्रचण्ड नर्भिक अस्पतालमा

पूर्वसभामुख घर्ति लगायत नेतृ भुसाल सम्म अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेका छन्

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झक्कुप्रसाद सुवेदीलाई भेट्न नेकपाका अध्यक्ष प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् ।

नेता सुवेदीलाई हृदयघात भएपछि उनको स्वास्थ्य लाभको कामना गर्न नेकपा अध्यक्ष प्रचण्डसहित पूर्वसभामुख ओनसरी घर्ति, पम्फा भुसाल, नायारण दाहाल, दिलिप प्रजापति लगायत पूर्वसांसद तथा नेता कार्यकर्ता अस्पताल पुगेका थिए ।

सुवेदीलाई अहिले आइसियुमा राखेर उपचार चलिरहेको छ । यद्यपी उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उनलाई आज दिउसो ३ बजे नर्मल बेडमा सारिने अस्पताल प्रशासनले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org