ताजा समाचार

काठमाडाैंमा नयाँ विद्यालय खोल्न अनुमति नदिने

काठमाडौं । काठमाडाैं महानगरपालिकाले नयाँ विद्यालय खोल्न अनुमति नदिने निर्णय गरेको छ ।

महानगरमा रहेका विद्यालयको स्तर उन्नती ग्रर्दै गुणस्तरीय शिक्षा दिन नयाँ विद्यालय संचालनमा रोक लगाउेन निर्णय गरेको जनाएको छ ।

संघीयतमा विद्यालय संचालनको जिम्मा स्थानिय तहलाई गएको अवस्थामा महानगरले यहि अधिकारको प्रयोग गर्दै नयाँ विद्यालय संचालनमा रोक लगाउने निर्णय गरेको हो ।

तर, स्तर बृद्धी भने गर्न पाइने जनाइएको छ । कक्षा ५ सम्म भएकाले ८ सम्म अपग्रेड भने गर्न पाउने भएका छन् । अहिले काठमाडौंमा ९१ वटा सामुदायिक र ६ सय ६३ वटा संस्थागत विद्यालय छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org