ताजा समाचार

चर्चित व्यवसायी रुपज्योतीले अदालतमा आफै बहस गर्ने

काठमाडाैं । ज्योती ग्रुपका रुपज्योतीले अदालतमा आफै बहस गर्ने भएका छन् ।

ठगी मुद्धामा उनलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर उनीमाथि अनुसन्धान गरिरहेको छ ।

उनलाई आज अदालत उपस्थित गराइदै गर्दा उनले आफनो पक्डबाट बहस गर्ने कानुन व्यवसायी नराखेर आफैले बहस गर्ने भएका हुन् । अदालतले रुपज्योतीलाई अनुसन्धान गर्न तीन दिनको म्याद दिएको थियो ।

उक्त म्याद आज आइतबार सकिन लागेकाले उनलाई पुनः म्याद थपका लागि अदालत उपस्थित गराइदै छ । पूर्वअर्थ राज्यमन्त्री समेत रहेका रपज्योती र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुविरुद्ध बिजेन्द्रकृष्ण मल्लले १ करोड ३६ लाख ठगी गरेको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org