सिमा समस्या समाधान गर्न सरकार चुक्नु हुँदैन : वरिष्ठ नेता पौडेल
निजगढ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थीर सरकार भएको बेलामा प्रतिपक्षको समेत साथ पाएको बर्तमान सरकारलाई सिमा सम्बन्धी सवै समस्या समाधान गर्न सवैभन्दा उत्तम समय भएको बताएका छन् ।
बाराको निजगढमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले सिमा समस्या विगतदेखि कै भएपनि बर्तमानमा जस्तो स्थीर सरकार र सवै राजनीति शक्तिको साथ कहिल्यै नपाएको बताए ।
पौडेलले भने,‘ सिमाको समस्या धेरै पहिले देखि हो तर यो पटक हामी चुक्न हुँदैन । हामीले प्रधानमन्त्रीलाई भनेका छौ तपाईले कुटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ ।
दक्षिणतिर मात्र होइन नेपालको उत्तरी भागमा पनि सिमा विवाद छन् । आफ्नो देशको सिमा सुरक्षाका लागि हामी एक छौ । प्रधानमन्त्रीको गफ मात्रै हो कि काम पनि हो । हामीले हेर्ने बेला आएको छ ।’
वरिष्ठ नेता पौडेलले कांग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउन जरुरी रहेको बताउदै त्यसका लागि छिट्टै महाधिवेशन कार्यतालिका तय बनाएर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पारे ।
पौडेलले भने,‘कार्यकर्ताको न्याय निष्पक्ष र पारदर्शी मुल्याङकन आवश्यक छ । दुई महिनामा गर्र्नुपर्ने काम अब महाधिवेशनको तयारी थाल्नुपर्ने बेलामा गरेर काम छैन् ।
अब जालझेलको राजनीतिले पार्टी टिक्न सक्दैन् । यो पक्ष उ पक्ष होइन पार्टीलाई ठुलो मिसनमा अगाडि बढाउन अब कांग्रेसको कार्यकर्ता भएर काम गर्नुपर्ने बेला आएको छ । अहिलेको उपनिर्वाचनले हाम्रो जनमतको नमूना देखाउछ ।’
कांग्रेस वरिष्ठ नेता पौडेलले निजगढ विमानस्थल र फाष्टट्रयागलाई सरकारले गति दिन नसकेको भन्दै आपत्ती जनाए ।
उनले विमानस्थल बनाउनेक्रम आवश्यक मात्र रुख कटान गर्नुपर्ने पनि बताए ।
Comments
अरु समाचार
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...
-
बागमती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत,आजै दिउँसो ३ बजे प्रदेशसभामा प्रस्तुत गरिने
काठमाडौं । आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ...
-
कोशी ,मधेश,बाग्मती र गण्डकी प्रदेशमा चट्याङ, हावाहुरीसहितको वर्षा
काठमाडौं । उत्तरी बङ्गालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवातको कारण चारवटा प्रदेशमा आज र भोलि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले...
-
टीओआर टुंगाे लगाउन आज पनि प्रमुख राजनीतिक दलका नेताहरुबीच छलफल हुँदै
काठमाडौं । सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच...
-
काठमाडौंलगायत विभिन्न ठाउँमा चट्याङ्गसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका...
-
कोशी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षा
काठमाडौँ । नेपालमा हाल स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान...
-
कान्तिपुरका अध्यक्ष सिरोहियालाई आज अदालतमा पेस गरिने
जनकपुरधाम । नागरिकता प्रकरणमा छानविनका लागि पक्राउ परेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले आज विहान जनकपुरधाम पुर्याइएको छ...
-
लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा
झापा । त्रिचालीस वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम...