ताजा समाचार

२०२१ सालमा जन्मेका सबै निजामती कर्मचारीको हकमा लागु हुने !

निजामती कर्मचारीको अनिवार्य अवकास उमेर ६० वर्ष पुर्‍याइयो

काठमाडौं । निजामती कर्मचारीहरुको सेवा अवधी बढाइएको छ ।

यसअघि ५८ वर्षमा अनिवार्य अवकास प्राप्त गर्ने निजामती कर्मचारी अबदेखि ६० वर्मा मात्रै अनिवार्य अवकासमा जानेछन् । अनिवार्य अवकाशको उमेर हद दुई वर्ष बढाउँदै ६० वर्ष पु-याइएको हो ।

आज बिहिबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले निजामती कर्मचारीको उमेर हद कायम गर्नेबारे सहमति गरेको हो । संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफलमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्न सदस्यहरु सहमत भएका हुन् ।

२०२१ सालपछि जन्म भएका सबै कर्मचारीको हकमा अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्नेमा सहमति भएको हो ।

उमेर हद बढाउन पर्ने विभिन्न कारणमध्ये महिला ४० वर्षसम्म सेवा प्रवेश गर्न पाउने तर ५८ वर्षमा उनीहरुको सेवाअवधि १८ वर्ष मात्रै हुने, सार्क राष्ट्रहरुमा समेत ६० वर्ष उमेर हद रहेको लगायतका कारणले गर्दा समेत उमेर हद मिलाइएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org