ताजा समाचार

कामको सिलसिलामा कर्मचारीको मृत्यु भएका परिवारले १० लाख पाउने

काठमाडौं । सरकारी कामको सिलसिलामा द्वन्द्ध वा कुनै प्रकोपमा परेर मृत्यु भएमा कर्मचारीको परिवारलाई सरकारले १० लाख नगर राहत उपलब्ध गराउने भएको छ ।

सरकारी काम बाहेक अन्य अवस्थामा कर्मचारीको मृत्यु भएमा भने पीडित परिवारले पाँच लाख नगद पाउने भएका हुन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले यस्तो व्यवस्था गर्ने निर्णयमा सहमति जुटाएको हो ।

राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा संघीय निजामती सेवा विधेयकबारे भएको छलफलमा यो सहमति जुटेको हो ।

विधेयकमा भएको सहमतिको बुँदामा लेखिएको छ, ‘नेपाल सरकारले खटाएको कार्यसम्पादन गर्ने सिलसिलामा द्वन्द्व, दुर्घटना वा प्रकोपमा परी योगदानमा आधारित निवृत्तभरण पाउने कुनै निजामती कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट १० लाख थप आर्थिक सहायता उपलब्ध गराइने छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org