ताजा समाचार

बलात्कार आरोपमा पक्राउ परेका विद्यार्थी नेता राई जेल चलान

काठमाडौं । युवतीमाथि यौन बलात्कार आरोपमा प्रहरीले अनेरास्ववियुका विद्यार्थी नेता इन्द्रहाङ राईलाई अदालतले थुनामा पठाएको छ । जिल्ला अदालत काठमाडौंले बिहीवार उनलाई थुनामा पठाउन आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले बिहीवार उनलाई थुनामा पठाउने आदेश दिएको थियो ।

प्रहरीले गत असोज १२ गते १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा राईलाई नियन्त्रणमा लिएको थियो ।

रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका राईलाई यौन दुर्व्यवहारमा पक्राउ गरेपछि दुवै पदबाट मुक्त गरिएको छ ।

राईले आफ्नै साथीकी बहिनीलाई गोकर्णेश्वर ६ स्थित आफन्तको कोठामा लगेर बलात्कार गरेको आरोप छ । प्रहरीले घटनास्थलबाट प्राप्त गरेको राईको विर्य समेत परीक्षण गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org