ताजा समाचार

महराको मुद्दा उच्च अदालतका मुख्य न्यायाधीशको इजलासमा

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले दर्ता गराएको निवेदनको सुनुवाइ पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासमा हुने भएको छ ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास अभियोग लागेपछि काठमाडौं जिल्ला अदालतको आदेशमा डिल्ली बजार कारागारमा रहेका महरा १७ नम्बर निवेदन उच्च अदालत पाटनका मुख्य न्यायाधीश सुवेदीको इजलासमा दर्ता भएको हो ।

महराले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दर्ता गराएको निवेदन शुक्रबार मुख्य न्यायाधीश सुवेदीको इजलासमा पेस भएको हो । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध महरा उच्च अदालत पुगेका थिए । जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्‍ने आग्रहसहितको निवेदन पाटनमा दर्ता भएको थियो ।

महराले निवेदनमा अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउन माग गरेका छन् । गत कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा अभियोगमा महरालाई थुनामा राखी अनुसन्धानअघि बढाउन आदेश दिएको थियो ।

संसद् सचिवालयकी महिला कर्मचारीलाई गत असोज १२ गते तीनकुनेस्थित कोठैमा पुगेर बलात्कार प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौं जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

अदालतको आदेशसँगै पक्राउ परेका महराविरुद्ध काठमाडौं जिल्ला अदालतले पुर्पक्षका थुनाको आदेश गरेसँगै उनी सांसद पदबाट पनि निलम्वित भइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org